प्रकाश सिग्देल
असार १३ /
मैयादेबि कन्या कलेज भरतपुरले नसिगं पढ्ने बिद्यार्थीलाई सम्मान गरेको छ । पि सि एल प्रथम र दोस्रो वर्षमा सत प्रतिषत नतिजा हासिल गरेको कलेजले त्यसैको खुसियालीमा पहिलो र दोस्रो वर्षमा उत्कृण हुन सफल बिद्यार्थीलाई सम्मान गरेको हो । तिन वर्ष अगाढीबाट नसिगं संकाय सुरु गरेको कलेजले सुरुवाति चरणमानै उत्कृष्ठ नतिजा हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल कृष्ण प्रसाद न्यौपानेले बताउनु भयो । पहिलो तथा दोस्रो वर्षमा अध्यानरत बिद्यार्थीले सत प्रतिषत नतिजा ल्याएर सुरुवाति चरणमानै कलेजले निकै राम्रो प्रभाव पार्न सफल भएको कलेजका नंसिङ संकाय प्रमुख बसुन्धरा भट्राईले बताउनु भयो ।

कलेजले कलेजमा एक कार्यक्रमको आयोजना गरि पहिलो र दोस्रो वर्षमा उत्कृष्ठ हुन सफल बिद्यार्थीलाई सम्मान गरेको हो । कलेजका अध्यक्ष टंकनाथ पौडेलले प्रथम वर्षमा ८१ प्रतिषत ल्याई प्रथम हुन सफल योगिता न्यौपाने , ७९.४३ प्रतिषत ल्याई दोस्रो हुन सफल केशिका भट्राई, ७६ प्रतिषत ल्याई तृतिय हुन सफल रस्मि रावल र दोस्रो वर्षमा ८७.३९ प्रतिषत ल्याई प्रथम हुन सफल निरुता बास्कोटा, ८६.७८ प्रतिषत ल्याई दोस्रो हुन सफल धनकुमारी तिवारी र ८५ प्रतिषत ल्याई तेस्रो हुन सफल मनिसा न्यौपानेलाई सम्मान गर्नु भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले नसिगंमा नेपाल टप गर्न बिद्यार्थी सफल भए बिस हजार नगद पुरस्कार दिने घोषडा गर्नु भएको थियो भने राम्रो पढाउने शिक्षक शिक्षिका लाई पनि सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको हो । उहाले आफनो कलेजमा अध्यान गर्ने कुनै पनि बिद्यार्थीलाई कुनै पनि समस्या नहुने र बिद्यार्थीको शिक्षण सिकाई क्रियाकलापलाई उत्कृष्ठ बनाउन कलेजले सबै खाले उपाए अवलम्वन गर्ने बताउनु भयो । त्यस्तै उहाले शिक्षक बिद्यार्थी दुबैले कक्षाकोठामा मोवाईल फोनको निषेधको ब्यवस्था गरेको समेत बताउनु भयो । मेयादेबि कन्या कलेज देशकै नमुना कलेज स्थापना गर्न आफुहरु लागी परेको र संरक्षक पुर्व संसद समाजसेबि मैयादेबी श्रेष्ठको चाहाना पुरा गर्न आफुहरु हरेक समय कियासिल भएको प्रिन्सिपल कृष्ण प्रसाद न्यौपाने बताउनु हुन्छ । कलेजमा अन्य संकायको पनि पठन पाठन हुने गरेको छ ।





