मनकामना अस्पतालले गर्‍यो स्वास्थ्य बीमामा ठगी

भरतपुर, ५ जेठ । भरतपुरमा रहेको मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएको छ । अस्पतालले स्वास्थ्य बीमामा ठगी गरेको भेटिएको हो । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र […]

साहित्य सङ्गग मकवानपुरले ८ जनालाई सम्मान गर्ने

मकवानपुर, ५ जेठ । साहित्य सङ्गग मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गर्ने भएकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव २०८२ आयोजना गर्दै सङ्गमले ८ जनालाई शनिबार विभिन्न सम्मानबाट सम्मानित गर्ने भएकाे हाे । मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मानित हुने भएका छन् । तत्कालिन […]

प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा चयन

भरतपुर, ५ जेठ । प्लास्टिक व्यवसायी सङ्घ चितवनको सोमबार सम्पन्न २२ औँ साधारणसभा तथा ९ औँ अधिवेशनबाट अध्यक्ष पदमा तेजेन्द्र सापकोटा चयन हुनुभएको छ । भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा मोतीलाल बास्तोला र रामकृष्ण दवाडी, सचिवमा नारायणप्रसाद पौडेल, सहसचिवमा विश्वास भट्टराई […]

दुध र दुग्धजन्य पदार्थ विविधिकरण तालिम

भरतपुर, ५ जेठ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा गत वैशाख ३० गतेदेखि सञ्चालित दुध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिमको समापन भएको छ । युवा परिषद् वागमती प्रदेशको आर्थिक सहयोगमा ७ दिनसम्म सञ्चालित उक्त तालिमको समापन कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा […]

कजारियाको नयाँ सोरुम गैंडाकोटमा उद्घाटन

गैंडाकोट, ५ जेठ । भाररतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै गैंडाकोटमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका […]

मधुपर्कको बन्दीपुर विशेषाङ्क नारायणगढमा गरियो विमोचन

चितवन, ५ जेठ । गोरखापत्र संस्थानबाट ५८ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको मधुपर्क मासिक पत्रिकाको बन्दीपुर विशेषाङ्क (जेठ अङ्क) सोमबार एक समारोहबिच विमोचन गरिएको छ । बन्दीपुर गाउँपालिका, तनहुँ र बन्दीपुर विकास समिति (तालपार्क) चितवनद्वारा उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाको विमोचन गरिएको हो । मधुपर्कको बन्दीपुर विशेषाङ्कमा ४१ जना लेखकका बन्दीपुरसँग सम्बन्धित […]

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

काठमाडौं, ५ जेठ । गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाण्डाै महानगरपालिकामा मेयर, नेपाल सरकारका […]

फूलबारी युथ र भरतपुर- ६ सेमिफाइनल प्रवेश

भरतपुर, ५ जेठ । फूलबारी युथ क्लब र खेलकुद विकास समिति भरतपुर ६ प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा पटिहानी इभेन्ट्सलाई हराउँदै फूलबारी युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा फूलबारीले पटिहनीलाई १-० ले हराएको हो । यस्तै दोस्रो क्वाटरफाइनलमा खेलकुद […]

कालिका संस्कृत विद्यापीठ र भरतपुर सामुदायिक अस्पतालबीच सहकार्य

भरतपुर, ५ जेठ । कालिका संस्कृत विद्यापीठ र भरतपुर सामुदायिक अस्पतालबीच नयाँ समन्वय र सहकार्य स्थापना भएको छ । विद्यापीठका तर्फबाट प्राचार्य डा. केशवराज चालिसे, विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटा, अस्पतालका व्यवस्थापन निर्देशक दीपेन्द्र बास्तोला र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रअनुसार विद्यापीठका सम्पूर्ण प्राध्यापक, विद्यार्थी, […]

राजन र एरिका बागमती प्रदेशका वर्ष खेलाडी

मकवानपुर, ५ जेठ । बागमती प्रदेशकाे वर्ष खेलाडी राजन बल र एरिका गुरुङ घोषित भएका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडामा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडी घोषित गर्दै सम्मान गरेकाे छ । मन्त्रालयले विभिन्न ८ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको […]