मधुपर्कको बन्दीपुर विशेषाङ्क नारायणगढमा गरियो विमोचन

चितवन, ५ जेठ ।
गोरखापत्र संस्थानबाट ५८ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको मधुपर्क मासिक पत्रिकाको बन्दीपुर विशेषाङ्क (जेठ अङ्क) सोमबार एक समारोहबिच विमोचन गरिएको छ । बन्दीपुर गाउँपालिका, तनहुँ र बन्दीपुर विकास समिति (तालपार्क) चितवनद्वारा उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाको विमोचन गरिएको हो ।

मधुपर्कको बन्दीपुर विशेषाङ्कमा ४१ जना लेखकका बन्दीपुरसँग सम्बन्धित लेखहरु समेटिएको छ । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्घाटन मधुपर्क पत्रिकाको विमोचनसँगै गरिएको थियो ।

कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, मधुपर्कका निमित्त अध्यक्ष त्रिभुवनचन्द्र वाग्ले, बन्दीपुर विकास समिति (तालपार्क) तनहुँका संयोजक डा. नमस्तेलाल श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका श्रीकृष्ण लम्साल, जनक माध्यमिक विद्यालय गैँडाकोटका पूर्वप्रधानाध्यापक राजकुमार पिया, अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बन्दीपुर विकास समिति (तालपार्क) चितवनका राजेन्द्रकुमार पियाले संचालन गरेको कार्यक्रममा लोमश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । विभिन्न समयमा साहित्यिक व्यक्तित्वकेन्द्रित विशेषांक प्रकाशित गर्दै आएको मधुपर्कले पहिलोपटक स्थानविशेष विशेषाङ्क प्रकाशित गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट