मनकामना अस्पतालले गर्‍यो स्वास्थ्य बीमामा ठगी

भरतपुर, ५ जेठ ।

भरतपुरमा रहेको मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएको छ । अस्पतालले स्वास्थ्य बीमामा ठगी गरेको भेटिएको हो ।

अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो ।

सो क्रममा अस्पतालले बिमामा पर्ने औषधिको समेत पैसा लिने गरेको भेटिएको थियो । अस्पतालले गरेको भुक्तानी दाबी झुटो रहेको पाइएपछि बोर्डले तीन महिनाका लागि कार्यक्रम बन्द गरेको मल्लले जानकारी दिनुभयो ।

चितवनमा एक दर्जन स्वास्थ्य संस्थामा बीमा कार्यक्रम लागू छ । बीमा सेवा लिने व्यक्ति आफैँले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट