दुध र दुग्धजन्य पदार्थ विविधिकरण तालिम

भरतपुर, ५ जेठ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा गत वैशाख ३० गतेदेखि सञ्चालित दुध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिमको समापन भएको छ । युवा परिषद् वागमती प्रदेशको आर्थिक सहयोगमा ७ दिनसम्म सञ्चालित उक्त तालिमको समापन कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका उपाध्यक्ष भागीरथ तिमल्सेना प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सेनाले किसानको समृद्धि बिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताउँदै किसानका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

आफू ४० वर्षदेखि दुग्ध उत्पादन पेशामा आवद्ध रहेको र दुधजन्य पदार्थ विविधिकरणकौ विषयमा आफूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउँदै तिमिल्सेनाले आम उपभोक्तालाई दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । दुध उत्पादन भएको छोटो समयमा नै व्यवस्थापन गरिसक्नुपर्ने चुनौतीपूर्ण व्यवसाय भएकौ बताउँदै उहाँले यो व्यवसायमा अवसर पनि रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै भरतपुर- ६ का सदस्य एवं भरतपुर महानगरपालिका कार्यपालिका सदस्य शारदा पोखरेलले दुध र दुग्धजन्य पदार्थ विविधिकरणमा वडा कार्यालय र भतरपुर महानगर आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । यसैगरी हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. केशव शाहले तालिम पश्चात व्यवहारमा देखा पर्ने प्रभावले तालिमको औचित्य सावित हुने वताउँदै तालिमका सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले किसानलाई आत्मनिर्भर बनाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो । किसान बिना कृषिमा आत्मनिर्भर कल्पना गर्न नसकिने बताउँदै उहाँले कृषिलाई सम्मानित पेशाको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा २५ जना प्रशिक्षार्थीको सहभागी रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका व्यवस्थापक जनार्दन पौडेलले जानकारी दिनुभयो । उक्त तालिमको प्रशिक्षकमा तेजनाथ ढकाल रहनु भएको थियो । कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव कल्याण अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट