प्रधानमन्त्री देउवासँग मेयर बालेनको भेट, देउवाले भने– चुनाव जितेर चमत्कार गर्नुभो

काठमाडौं,१८ जेठ । काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चुनाव जितेर चमत्कार गरेको बताएका थिए । प्रधानमन्त्री देउवाले पाँच वर्षसम्म आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहेन बचन दिएका छन् । साथै आवश्यक […]
गंगानगर सहकारीले मनायो दूध दिवस

भरतपुर, १८ जेठ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दूध दिवस मनाएको छ । `दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन´ भन्ने नाराका साथ सहकारीले २२औँ अन्तराष्ट्रिय तथा १२औँ राष्ट्रिय दूध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले आफ्नो सेवा क्षेत्र भरतपुर १३, […]
संसदमा लालबाबुको प्रश्न :अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ?

काठमाडौं,१८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले काठमाडौंदेखि चितवन एक घण्टामा झुन्डिएर जानुहुन्छ भन्दै प्रश्न गरेका छन् । सरकारले जेठ २५ गते दुवै सदनको संयुक्त बैठकमार्फत पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेट व्यावहारिक नभएको टिप्पणी गरेका छन् । ‘योजना त आयो अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा […]
बालेन र हर्कको जित माओवादीलाई सबक हो : प्रचण्ड

काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको बताएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा शाह र धरान उपमहानगरपालिकाको मेयरमा साम्पाङ निर्वाचित भएका थिए । बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले उक्त कुरा […]
कांग्रेसले अहंकार गरे एमालेलाई जस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् । कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री […]
यौनकर्मीका ग्राहकका कुरा किन लेखिँदैनन् ?

भरतपुर, १७ जेठ । नेपाली साहित्यकारहरुले किताबमा यौनकर्मीहरुका कुरा धेरै लेखेको तर तिनका ग्राहकहरुका बारेमा केही नलेखेकोमा समालोचकहरुले आपत्ति जनाएका छन् । कथाकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह `मोम्चो´ माथि बुधबार आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा समालोचक प्रा.डा. सावित्री कक्षपतीले यस्तो धारणा राखेकी हुन् । “कथाकारहरुले अब यौनकर्मीहरुका कुरा मात्रै होइन, तिनकहाँ जाने ग्राहकहरुका कुरा पनि लेख्नुपर्छ […]
पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

किमाथाङ्का, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक […]
बजेटमा उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन: पाण्डे

काठमाडौँ, १८ जेठ प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले […]
प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फर्कियो

काठमाडौं, १८ जेठ। काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ। जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए। ‘जहाजमा प्राविधिक समस्या देखियो। भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता […]
घट्यो सुनको मूल्य

काठमाडौँ, १८ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको […]
चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

मुग्लिन, १८ जेठ । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको […]
माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ, १८ जेठ । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । […]
हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौँ, १८ जेठ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर […]
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

बाजुरा, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छिन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना […]
चितवनमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

भरतपुर, १७ जेठ । समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा चितवनका विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ । नयाँ शैक्षिकसत्र सुरु भएसँगै अहिले जिल्लाभरका विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । भरतपुर माविका प्रधानाध्यापक खेमनारायण पौडेल आवश्यक पाठ्यपुस्तक अहिलेसम्म पनि पाठ्यपुस्तक आउन नसक्दा पठनपाठनमा समस्या आइपरेको […]