प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फर्कियो

काठमाडौं, १८ जेठ।

काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ।

जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।

‘जहाजमा प्राविधिक समस्या देखियो। भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता बोलाएर काठमाडौंमा सुरक्षित अवतरण गरेका छौ’, कर्णले भने, ‘अहिले हाम्रो प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको छ।’

६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको कर्णले जानकारी दिए।

हवाईजहाजको टायरको केही भाग धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता बोलाइए पनि त्यही जहाजको हो होइन, अनुसन्धान भइरहेको उनले बताए। काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट