काठमाडौं, १८ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा शाह र धरान उपमहानगरपालिकाको मेयरमा साम्पाङ निर्वाचित भएका थिए ।
बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
आफूहरूले उठाउँदै आएका विषयलाई बालेन र हर्कले अघि सारेर चुनाव जितेको पनि प्रचण्डको भनाइ थियो । माओवादीले राम्रो काम गर्न नसकेपछि जनताले सबकको रूपमा स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए ।




