काठमाडौं,१८ जेठ ।
काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चुनाव जितेर चमत्कार गरेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले पाँच वर्षसम्म आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहेन बचन दिएका छन् । साथै आवश्यक परे चौबिसै घण्टा आफूलाई सम्झनसमेत मेयर बालेनलाई भनेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका बालेन कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै मेयर निर्वाचित भएका थिए । पदभार सम्हाले लगत्तै बालेनले भेटघाटलाई तीव्रता दिएका छन् ।





