काठमाडौं,१८ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले काठमाडौंदेखि चितवन एक घण्टामा झुन्डिएर जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सरकारले जेठ २५ गते दुवै सदनको संयुक्त बैठकमार्फत पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेट व्यावहारिक नभएको टिप्पणी गरेका छन् ।
‘योजना त आयो अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ? के योजना हो ? कति पैसा छुट्ट्याएको छ ? यस्तो हावादारी हिसाबले प्रस्तुत भएर यही नै ठीक हो भन्ने हो भने कसरी समर्थन गर्ने ?’ उनले प्रश्न गरे ।
उनले बजेटप्रति जनताहरु खुसी नभएकोसमेत बताए । ‘यो बजेटमा जनताहरुको जुन खुसीयाली, उत्साही र भरोसा हुनुपर्ने हो त्यो छैन,’ उनले भने, ‘वित्तिय लगानी, विकास खर्च घटाएर समृद्धि आउँछ र यसले जनताहरु खुसी हुन्छन् भन्ने कुरा गलत हो ।’





