चितवनमा करिब ११ हजार जनाले लिए भेरोसेल खोपको पहिलो मात्रा

भरतपुर, २७ जेठ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत बिहीबार चितवनमा थप २ हजार ३८२ जनाले पहिलो मात्राको भेरोसेल खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना महामारीमा अग्रपंक्तीमा रहेर काम गर्नेहरूलाई खोपको पहिलो मात्रा दिइएको हो । मंगलबार र बुधबार ६२ देखि ६५ वर्षसम्मको उमेर समूहमा परेका लक्षित वर्गलाई खोप उपलब्ध गराइएको […]

वाग्मती प्रदेशको वार्षिक नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)

भरतपुर, २७ जेठ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेश गरेको छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरूको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनरुत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेश गरेका हुन् । कोभिड–१९ विरुद्धको खोपमा प्रदेशवासीको […]

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतले एमालेको दशौँ महाधिवेशनकाे निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चारजना सांसदहरूको पद थमौती गरिदिएको छ । “दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारीक संरचना होइन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्याग सम्बन्धी विषयमा कारवाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारवाही […]

गैंडा मारेको अभियोगमा एक जना पक्राउ

भरतपुर, २७ जेठ । चितवन राष्ट्रिय निकुञ्जसहित खटिएको टोलीले गैंडा मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार नवलपरासी गैंडाकोट नगरपालिका–३ ढोडेनीका मीन बहादुर भनिने ३२ वर्षीय खड्क बहादुर गुरुङ मंगलबार पक्राउ परेका हुन् । निकुञ्जको विशेष टोलीले नेपाली सेना र इलाका प्रहरी कार्यालयको सहयोगमा […]

२४ घण्टामा थपिए २८७४ जना संक्रमित, ५२९३ जनालाई निको

भरतपुर, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ८ सय ७४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका ९ हजार ९०१ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, एन्टिजेन विधिबाट गरिएका ५ हजार ३३७ परीक्षणमध्ये ८७५ […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, २७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिएकी हुन् । नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित […]

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । उनी स्वतः पदमुक्त भएका छन् । विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । उपस्थित ५८ सांसदमध्ये एकजना मतदानमा सहभागी भएनन् । मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मात्र विश्वासको मत दिए । कांग्रेस, माओवादी […]

नागरिकता अध्यादेश मुद्दामा सर्वोच्चको अन्तरिम

काठमाडौं, २७ जेठ । सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ– ‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।´ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर […]

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

काठमाडौँ, २७ जेठ नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने राससलाई जानकारी दिनुभयो । “हामी अहिले […]

२४ घण्टामा चितवनका अस्पतालमा ८ जना संक्रमितको मृत्यु

भरतपुर, २७ जेठ । पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पताल तथा आइशोलेसन सेन्टरबाट ३० जना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य कार्यालयले बिहीबार प्रकाशन गरेको रिपोर्टअनुसार ८ मध्ये ६ मृतक चितवनका हुन् । अन्य २ जना भने गोरखा र बारा जिल्लाबाट उपचारका […]

चितवनका ८० जनामा संक्रमण पुष्टि हुँदा थप ६ संक्रमितको मृत्यु

भरतपुर, २७ जेठ । पछिल्लो २४ घण्टामा चितवनका थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा पीसीआर तथा २४ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ४९७ जनाको स्वाब संकलन गरिएको […]

काे-काे बने मन्त्री ? (सूची हेर्नुहाेस्)

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् । उनी पाँचौँ वरीयतामा छन् । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा […]

नमस्ते ग्रुपद्वारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामग्री

भरतपुर, २७ जेठ । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समूह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले बिहीबार राहत सामग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग, जेष्ठनागरिकलाई लक्षित गरी चामल, तेल, नुल, दाल, सोयाविन वितरण […]

दक्षिण अफ्रिकाकी एक महिलाले १० वटा बच्चालाई दिइन् जन्म

एजेन्सी । भरतपुर, २७ जेठ । दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० वटा बच्चालाई जन्म दिएकी छिन् । ३७ वर्षीया गोसियामे थमारे सिथोलेले सोमबार १० वटा बच्चालाई जन्म दिएकी हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेअनुसार उनले ७ वटा पुरुष र ३ वटी महिला बच्चालाई जन्म दिएकी हुन् । उनका आफन्तले बताएअनुसार ५ […]

“आज बेलुका त मेरो घरको कुकरमा पनि सिट्ठी लाग्छ”

भरतपुर, २७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १५ कि बालकुमारी क्षेत्रीले छिमेकीको घरमा पकाएको खानाको वास्ना सुँघेर भोकको प्यास मेट्न थालेको धेरै भइसकेको थियो । बालकुमारी दृष्टिविहिन हुन् । उनको ४ जनाको परिवार छ । उनका श्रीमान पनि आँखा देख्दैनन् । उनीहरु धुप बनाउँथे । त्यहि बेचेर जिविका चलाउँदै आएका थिए । तर कोरोना […]

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ । एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन् । उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन् । हाल गृह, सञ्चार, रक्षा, उद्योग, […]

प्रदेश २ मा आज नीति तथा कार्यक्रम पेश हुने

जनकपुर, २७ जेठ हिजो मात्र सरकार बिस्तार गरेको प्रदेश–२ मा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । त्यहाँको सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको हो । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । आउँदो […]

निषेधाज्ञाका समयमा २०० लैङ्गिक हिंसा

काठमाडौँ, २७ जेठ कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र ९ओरेक० नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् । केन्द्रका अनुसार लैङ्गिक हिंसाका […]

अमेरिकाले दुई वर्षभित्र ५० करोड खोप सहयोग गर्ने

भरतपुर, २७ जेठ अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ । अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ […]

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै

भरतपुर, २७ जेठ आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा हुन लागेको […]