मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २७ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन् । उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन् । यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ । वन राज्यमन्त्रीमा आशा विककाे चर्चा छ । रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट