जनकपुर, २७ जेठ
हिजो मात्र सरकार बिस्तार गरेको प्रदेश–२ मा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । त्यहाँको सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको हो । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरी पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
हिजो मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सञ्चालन भएको र आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।





