गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा, २७ जेठ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । उनी स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । उपस्थित ५८ सांसदमध्ये एकजना मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मात्र विश्वासको मत दिए । कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित रहे भने जनमोर्चा सांसद कृष्ण थापा तटस्थ बसे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट