चितवनमा करिब ११ हजार जनाले लिए भेरोसेल खोपको पहिलो मात्रा

भरतपुर, २७ जेठ ।

कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत बिहीबार चितवनमा थप २ हजार ३८२ जनाले पहिलो मात्राको भेरोसेल खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना महामारीमा अग्रपंक्तीमा रहेर काम गर्नेहरूलाई खोपको पहिलो मात्रा दिइएको हो ।

मंगलबार र बुधबार ६२ देखि ६५ वर्षसम्मको उमेर समूहमा परेका लक्षित वर्गलाई खोप उपलब्ध गराइएको थियो । अघिल्ला खोप अभियानका समयमा छुट्न पुगेका स्वास्थ्कर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, पत्रकार, लगायत पेशाकर्मीलाई पनि भेरोसेलको पहिलो मात्रा प्रदान गरिएको हो ।

चितवन जिल्लामा ११ हजार १७३ जनाले भेरोसेल खोपको पहिलो मात्रा पाएको स्वास्थ्य कार्यालयलले जनाएको छ ।

जिल्लामा हालसम्म दोस्रो मात्राको कोभिसिल्ड खोप लगाउनेको संख्या १३ हजार १८९ रहेको छ । कोभिसिल्डको पहिलो मात्राको खोप भने ३९ हजार ८७९ जनाले लगाइसकेका छन् । कोभिसिल्ड र भेरोसेल खोप दुवैको पहिलो मात्रा लगाएकाको संख्या ५१ हजार ५२ पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट