विकू बचतको एकिकृत सेवा नारायणगढबाट पनि

भरतपुर, २ कार्तिक । गैंडाकोटमा केन्द्रिय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कात्तिक १ गते शनिवारदेखि नारायणगढबाट पनि एकिकृत सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ नारायणगढ कमलनगर चोकमा दियालो सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी […]
सुपर ओभरमा हैदराबाद विरुद्ध कोलकत्ता विजयी

भरतपुर, २ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले सनराजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । दुबईमा सम्पन्न खेलमा हैदराबाद र कोलकत्ताले समान १६३ रन बनाएपछि खेलको नतिजा सुपर ओभरमार्फत निकालिएको हो । जारी प्रतियोगितामा टाई भएको यो तेश्रो खेल हो । सुपर ओभरमा हैदराबादले दुई […]
पछिल्लो २४ घण्टामा २७४२ संक्रमित थपिए, २३२६ डिस्चार्ज

भरतपुर, २ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । […]
कोलकत्ता विरुद्ध हैदराबाद फिल्डिङ गर्दै, आजै मुम्बई र पञ्जाब पनि भिड्दै

भरतपुर, २ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदराबाद र कोलकत्ता नाइट राइडर्स खेल्दा दोश्रो खेलमा भने मुम्बई इण्डियन्स किंग्स इलवेन पञ्जाब विरुद्ध उत्रँदैछ । पहिलो खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट […]
चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा, ‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

भरतपुर, २ कार्तिक । प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ । चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार साँझ मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवराज आलेमगर र तारा श्रीषमगरले आवाज, राजु थापामगरको शब्द र देवराज […]
कोरोनाको कहरमा गाडी बनाउने रहरले पायो सफलता

भरतपुर, २ कार्तिक | गत वर्षको चैतमा देशमा कोरोना भाइरसको महामारी सुरु हुँदैगर्दा लाखौं विद्यार्थीहरु एसईई परीक्षाको तयारी गर्दै थिए । भाइरसले पार्नसक्ने असरलाई मध्यनजर गरेर सरकारले परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन स्थगित गरिदियो । विद्यार्थीले परीक्षा दिन त पाएनन् नै बिना परीक्षा उत्तीर्ण भएकाहरुले अझै पनि औपचारिकरुपमा उपल्ला कक्षाको पढाई सुरु गर्न पाएका छैनन् […]
दिल्लीको जीतमा पटेलको फिनिसिङ र धवनको शतक

भरतपुर, २ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । निकै नै रोमाञ्चक बनेको खेलमा दिल्लीले तीन पटकको आइपिएल च्याम्पियन चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो । दिल्लीसँग हारेपनि चेन्नईको प्लेअफ खेल्ने सम्भावना झनै न्यून हुँदै गएको छ । चेन्नईले दिएको १८० […]
दशैं मनाउन विपन्न परिवारलाई खाद्यान्न वितरण

इच्छाकामना, २ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ का विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले दशैं मनाउन सहयोग पुगोस् भनी ६६५ विपन्न चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको हो । दशैं कोसेलीस्वरूप चेपाङ समुदायलाई प्रति घरधुरी १५ किलो चामल, एक किलो दाल, एक लिटर तेल र एक […]
सौराहाको हात्तीसार जाने बाटोमा झोलुङ्गे पुल बन्ने

रत्ननगर, २ कार्तिक । पर्यटकीय क्षेत्र रत्ननगर सौराहाको बद्रेनिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । हात्ती प्रजनन केन्द्र जाने बाटोमा रहेको बुढीराप्ती खोलामा शनिबार झुलुङ्गे पुलको शिलान्यास गरिएको हो । यसअघि हात्तीसार पुग्न पर्यटकरूले खोलामा बालुवाका बोरा चिनेर बनाइएको बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्थ्यो । एक करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुलको चितवन […]
खैरहनी नगरपालिका कार्यालय आज बन्द रहने

खैरहनी, २ कार्तिक । वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द हुने भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् । खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक १ गते उपचारका क्रममा भरतपुरमा निधन भएको थियो । शनिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले एक दिनका लागि नगरपालिका र […]