सुपर ओभरमा हैदराबाद विरुद्ध कोलकत्ता विजयी

भरतपुर, २ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले सनराजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । दुबईमा सम्पन्न खेलमा हैदराबाद र कोलकत्ताले समान १६३ रन बनाएपछि खेलको नतिजा सुपर ओभरमार्फत निकालिएको हो । जारी प्रतियोगितामा टाई भएको यो तेश्रो खेल हो ।

सुपर ओभरमा हैदराबादले दुई विकेट गुमाएर २ रन जोड्यो । उक्त ओभर फाल्न आएका कोलकत्ताका लोकी फर्गुसनले शानदार बलिङ गर्दै डेविड वार्नर र अब्दुल सामदलाई बोल्ड गरेका थिए । हैदराबादले दिएको ३ रनको लक्ष्य कोलकत्ताले ओभरको जबकि कोलकत्ताले दिएको
कोलकत्ताले प्रस्तुत गरेको १६४ रनको चुनौती पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६३ रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र केन विलियम्सनले क्रमशः ३६ र २९ रनको पारी खेले । त्यसैगरी चौँथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान डेविड वार्नरले सर्वाधिक ४८ नट आउट रन जोड्दै खेललाई टाईसम्म पु¥याएका थिए । उनका अलावा अब्दुल सामदले पनि २३ रनको योगदान दिए । कोलकत्ताका तर्फबाट कसिलो बलिङ गर्ने क्रममा फर्गुसनले ३ विकेट हात पारे । ४ ओभरको स्पेलमा उनले जम्मा १५ रन खर्चिएका थिए । फर्गुसन म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै, प्याट कमिन्स, शिवम् माभी र वरुण चक्रवर्तीले पनि एक–एक विकेट लिन सफल भए ।

यसअघि अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै बोर्डमा १६३ रनको योगफल टाँगेको थियो । उसका लागि कप्तान इयोन मोर्गनले ३४ रनको योगदान गर्दा विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक भने २९ रनमा नट आउट रहे । यस्तै शुभमन गीलले ३६ रन बनाएको खेलमा राहुल त्रिपाठी २३ तथा नितीश राणा २९ रनको स्कोरमा आउट भए । बलिङमा भने हैदराबादका थंगरासु नटराजनले २ विकेट लिँदा बेसिल थम्पी, विजय शंकर र रसिद खानले पनि १–१ विकेट हात पारे ।

जीतसँगै कोलकत्ताले २ अंक हात पारेको छ । ९ खेलबाट ५ जीत र ४ हारको नतिजा निकालेको कोलकत्ता १० अंकमा तालिकाको चौँथो स्थानमा छ । समान ९ खेलमा जम्मा ३ खेल जितेको हैदराबाद भने ६ अंकमा पाँचौँ स्थानमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट