मोवाईलमा पैसा सकिए टेलिकमले नि:शुल्क रिचार्ज गरिदिने

काठमाण्डौ, ८ वैशाख मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक […]
सरकारको पक्षपाती व्यवहार: सानालाई ऐन ठूलालाई चइन

शिव गौतम भरतपुर, ८ वैशाख कोभिड–१९ अर्थात् नोबल कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न देशभर नै २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएको छ । हाल हामी बन्दाबन्दीको चौंथो हप्तामा छौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भनेर भरतपुर महानगर तथा स्थानीय प्रशासनले शहरबजारका सबै पसल बन्द गर्न आह्वान गरेको छ । औषधि पसल तथा खाद्यान्न अन्तर्गतका […]
नेकपा सचिवालयको आकस्मिक बैठक बोलाइयो

काठमाडौं, ८ वैशाख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको एक […]
लकडाउनमा प्रेस युनियन चितवनको ३ लाखको राहत कोष

भरतपुर, ८ वैशाख नेपाल प्रेस युनियन चितवनले ३ लाख बराबरको पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी राहत कोषमा जम्मा गरेको हो । सोमबार दिउँसो बसेको ‘अनलाइन बैठक’ ले सो निर्णय गरेको हो । युनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ […]
संक्रमितको सम्पर्कमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ

भरतपुर, ८ वैशाख चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ । बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरी ८ जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । आठ जनाको हिजो स्वाब संकलन गरी […]
आरडीटी पोजेटिभ देखिएको महिलाको स्वाब नेगेटिभ

भरतपुर, ८ वैशाख चितवनको रत्ननगरमा र्यापिड टेस्ट पोजेटिभ देखिएको एक महिलाको कोरोना भाइरस नेगेटिभ आएको छ । आइतबार रत्ननगर २ कि एक महिलामा र्यापिड टेस्ट पोजेटिभ आएको थियो । भरतपुर कोरोना प्रयोगशालामा स्वाब जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए । उनको दुई पटक स्वाब जाँच गरिएको थियो । […]
मानवअधिकार आयोगको जिल्लास्तरीय अनुगमन समितिले सुरु गर्यो काम

भरतपुर, ८ वैशाख चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आज जिल्लाकाे बस्तुअवस्थाका बिषयमा स्थानीय प्रशासनसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यलय भरतपुरमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले काेभिड १९ राेकथामका सन्दर्भमा हाल जिल्लामा सरकारका तर्फबाट भए गरेका कार्यहरुबारे प्रकाश पारेका थिए । साे क्रममा प्रजिअ भट्टराईले राेग फैलन नदिन उच्च सावधानी […]
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

काठमाडौं, ८ वैशाख सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका […]
एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट, दुई दशकयताकै न्यून विन्दुमा तेलको मूल्य

हङकङ, ८ वैशाख (रासस–एएफपी) इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् […]
लकडाउन उल्लंघन गर्नेलाई तीन घण्टा कक्षा

सिन्धुपाल्चोक, ८ वैशाख सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघण्टा सडकमा उभ्याइने गरेको छ । अर्को डेढघण्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै […]
यसकारण विद्युत छैन भरतपुर आसपासमा

भरतपुर, ८ वैशाख भरतपुर सवस्टेशनमा मर्मत कार्य चलिरहेका कारण भरतपुर आसपासमा विहान ९ बजेबाट विद्युत सेवा अवरुद्ध छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार सवस्टेशनमा रहेको ‘वस कपलर’मा समस्या आएका कारण सोको मर्मतका लागि लाइन काटिएको हो । अस्तिको हावाहुरीका कारण वस कपलरमा समस्या आएपछि यस क्षेत्रको विद्युत सेवा अनियमित हुँदै आएको थियो । […]
बेँसीशहरको क्वारेन्टाइनबाट भाग्नेको खोजी

बेँसीशहर, ८ वैशाख बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ । घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ […]
पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका

इच्छाकामना, ८ वैशाख(रासस) केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् । लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर […]
पूर्वी चितवनमा हावाहुरी र असिनाले पु¥याएको क्षतिको विवरण तत्काल लिइने

नारायण अधिकारी भरतपुर, ८ वैशाख(रासस) शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो । कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको […]
केराको ग्राहक खोज्दै किसान : बरु लकडाउन र असिनापानी झेलौंला, भारतीय केरा रोकिदेउ

भारतीय केरा बोकेको नेपाली ट्रक भरतपुरमा समातियो राजेश घिमिरे भरतपुर, ८ वैशाख चितवनका वगानमा केरा पाक्न ठिक्क परेका छन् । यो सयम केरा उत्पादक किसानका लागि खुसीको हुनुपर्ने हो । तर यहाँका केरा उत्पादकहरुलाई यही समयमा अनेक समस्या आइलागेको छ । कोरोना भाइरसको महामारीले देश लकडाउनको अवस्थामा छ । अधिकांश पसलहरु बन्द छन् । पहिलो […]
भारतमा एकैदिनमा १ हजार ३ सय बढीमा कोरोना संक्रमण

नयाँदिल्ली/भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ । योसँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको […]
क्यानडामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको मृत्यु

एजेन्सी–प्रहरीको भेषमा रहेको एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा क्यानडाको नोभा स्कोटिया प्रान्तमा १३ जना मारिएका छन्। शनिबार सुरु भएर १२ घण्टासम्म चलेको उक्त गोलीकाण्डमा एक महिला प्रहरी अधिकारी र आक्रमणकारीसमेत मारिएका छन्। घटनापछि उक्त प्रान्तको ग्रामीण क्षेत्र पोर्तापिकका बासिन्दालाई घरभित्रै बस्न प्रशासनले सुझाव दिएको छ। बन्दुकधारीले उक्त प्रान्तका विभिन्न स्थानमा गोली हानेकाले मर्नेहरुको संख्या […]
महाराष्ट्रमा पिटेर तीनजनाको हत्या गरिएको विषयमा अनुसन्धान गर्न १ सय १० जना पक्राउ

काठमाडौं, ८ वैशाख भारत महाराष्ट्रको पालघरमा कुटीकुटी तीन जनाको हत्या गरिएको विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । […]
झट्टै इमेलको रिप्लाई नगर्नुस्, जिमेल ब्लक हुन सक्छ

के तपाईको इमेलमा विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट वा कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साउने वा बहाना बनाएर चन्दा माग्ने गरिएको छ ? होशियार हुनुहोला । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला अहिले अरुलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह सल्बलाइहेको छ । इन्टरनेटमा सजिलो शिकारको खोजीमा रहेको यो गिरोहले यस्तै संस्थाको नाममा […]