यसकारण विद्युत छैन भरतपुर आसपासमा

भरतपुर, ८ वैशाख
भरतपुर सवस्टेशनमा मर्मत कार्य चलिरहेका कारण भरतपुर आसपासमा विहान ९ बजेबाट विद्युत सेवा अवरुद्ध छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार सवस्टेशनमा रहेको ‘वस कपलर’मा समस्या आएका कारण सोको मर्मतका लागि लाइन काटिएको हो ।

अस्तिको हावाहुरीका कारण वस कपलरमा समस्या आएपछि यस क्षेत्रको विद्युत सेवा अनियमित हुँदै आएको थियो । दिउँसो २ बजे सम्ममा मर्मतको काम सकिएर विद्युत सेवा सुचारु हुने प्राधिकरणका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए ।

सवस्टेशनमा आएको समस्याका कारण अहिले भरतपुर वितरण केन्द्रका ८ वटै फिडरमा विद्युत सेवा अवरुद्ध छ । यो समस्याका कारण यसअघि विभिन्न फिडरहरुको लाइन काटिदै आएको थियो । मर्मत सम्पन्न भएपछि समस्या नआउने प्राधिकरणले जनायो ।

साँझको समयमा लाइन काटिने समस्या भने केन्द्रीय प्रशारण लाइनमै आएको समस्या भएको प्राधिकरणले बतायो । लकडाउनका कारण उद्योगहरु बन्द हुँदा पावरको व्यवस्थापनमा समस्या आएका कारण सिस्टम कोल्याप्स हुन थालेको हो । सिस्टम कोल्याप्स हुँदा पुरै ठाउँमा विद्युत पुग्न करिब आधा घण्टा देखि ४५ मिनेट सम्म लाग्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट