झट्टै इमेलको रिप्लाई नगर्नुस्, जिमेल ब्लक हुन सक्छ

के तपाईको इमेलमा विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट वा कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साउने वा बहाना बनाएर चन्दा माग्ने गरिएको छ ? होशियार हुनुहोला ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला अहिले अरुलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह सल्बलाइहेको छ । इन्टरनेटमा सजिलो शिकारको खोजीमा रहेको यो गिरोहले यस्तै संस्थाको नाममा कोरोनाको महामारीको बारेमा जिमेल प्रयोगकर्तालाई हरेक दिन एक करोड ८० लाख इमेल पठाइरहेको पाइएको छ ।

साइबर अपराधीहरुले केही दिनयता सरकारी संस्थाको नामबाट पनि फाइदा उठाउने कोसिस गरिरहेका छन् । अपराधीहरुले जीमेल प्रयोगकर्तालाई बिभिन्न प्रकारका इमेल पठाएका हुन्छन् ।


प्राविधिक कम्पनी गुगलले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीको बेला विश्वभर ‘फिसिङ अट्याक’को बाढी नै आइरहेको छ । ‘फिसिङ’ इन्टरनेटमा ठग्ने त्यो तरिका हो, जसमा अपराधीले इमेलमार्फत् प्रयोगकर्तालाई प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेल जस्ता व्यक्तिगत जानकारी लिने गर्दछ ।

गुगलका अनुसार उसले यस्तै १० करोड फिसिङ इमेल हरेक दिन ब्लक गरिरहेको छ । विश्वभर जिमेल प्रयोगकर्ता डेढ अर्ब रहेको बताइन्छ ।

ठग्ने उद्देश्यले पठाइएका ९९ दशमलव ९ प्रतिशत इमेललाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत् ब्लक गरिरहेको गुगलले दाबी गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरुले पनि कोरोना भाइरसको नाममा पठाइएका ‘फिसिङ इमेल’मा निगरानी गरिरहेको जनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट