भरतपुर, ८ वैशाख चितवनको रत्ननगरमा र्यापिड टेस्ट पोजेटिभ देखिएको एक महिलाको कोरोना भाइरस नेगेटिभ आएको छ । आइतबार रत्ननगर २ कि एक महिलामा र्यापिड टेस्ट पोजेटिभ आएको थियो ।

भरतपुर कोरोना प्रयोगशालामा स्वाब जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए । उनको दुई पटक स्वाब जाँच गरिएको थियो । यस्तोअघि रत्ननगरका एक पुरुषमा पनि र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आउँदा स्वाब नेगेटिभ आएको थियो ।
स्वास्थ्य प्रमुख पौडेलका अनुसार रत्ननगरमा अहिले सम्म ९५ जनाको र्यापिड टेस्ट गरिसकेको छ । रत्ननगरमा १५० जना बिदेशबाट आएका थिए । सबै पालिकामा बिदेश बाट आएकाहरुको र्यापिड टेस्ट गरिरहेको छ ।





