बागमती प्रदेश सरकारको निर्णय ‘नो ह्याण्डसेक’

हेटौंडा, २२ फागुन बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष […]
यसकारण ह्वाइट हाउस भन्ने गरिन्छ अमेरिकी राष्ट्रपति भवनलाई

जुनसुकै देशमा पनि राष्ट्रपतिको कार्यालय तथा आवास विशेष नहुने कुरै भएन । हामीकहाँ राष्ट्रपति भवनलाई शितल निवास भनिन्छ । त्यस्तै अमेरिकामा ह्वाइट हाउसको नामले चिनिन्छ । के अमेरिकी राष्ट्रपति भवनको रङ सेतो भएका कारण यसलाई ह्वाइट हाउस अर्थात् सेतो घर भनिएको हो त ? यो जिज्ञासा सबैलाई हुन सक्दछ । तर यथार्थ के हो भने […]
कारोना भाइरस प्रभावः दिल्लीका प्राथमिक विद्यालय बन्दको घोषणा

नयाँ दिल्ली, २२ फागुन कोरोना भाइरसको कारण भारतको राजधानी नयाँ दिल्लीका सम्पूर्ण प्राथमिक विद्यालयहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ । प्राथमिक तहका विद्यार्थीहरुमा भाइरलको संक्रमण बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै राजधानीका विद्यालयहरु बन्द गरिएको जनाइएको छ । दिल्ली सरकारले ३१ मार्च सम्मका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको हो । दिल्लीका सहयक मूख्यमन्त्री मनिष […]
कोरोना भित्रिन नदिन सावधानी:अत्यावश्यक वस्तुको आपूर्तिमा सरकार सजग

नारायण ढुङ्गाना सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले […]
भारतले नेपाललाई भन्यो, ‘आत्यावश्यक औषधीको सूची देऊ’

काठमाडौं, २२ फागुन २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ । भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । किनकी नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ । तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने […]
टर्कीको संसद बैठकमा सांसदहरुको कुटाकुट

अंकारा, २२ फागुन टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए । झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर […]
राकिएको ट्रकमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु, दुईजना घाइते

भरतपुर, २२ फागुन नारायणगढ–मुग्लिङ सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल भरतपुर–२९ स्थित पन्ध्रकिलोस्थित राजमार्गमा राकिराखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोकिएको थियो । दुर्घटनामा कावासोती–९ बस्ने ३८ वर्षीय नरबहादुर थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मोटरसाइकलमा […]
रत्ननगरमा ४३ बिघा सार्वजनिक जग्गा संरक्षण
रत्ननगर, २२ फागुन रत्ननगर नगरपालिकाले दुई वर्षका अवधिमा ४३ बिघा सार्वजनिक जग्गा संरक्षण गरेको छ । पूर्वमन्त्रीदेखि समाजका धनाढ्यसम्मले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता गर्न रत्ननगर सफल भएको हो । सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाद्वारा गठित समितिका संयोजक एवं वडा नं १४ का अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार वडा नं १ मा पाँच कट्ठा, ३ मा […]
कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

क्यालिफोर्निया, २२ फागुन (रासस/एएफपी) संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै […]
राष्ट्रसङ्घ पूर्व महासचिवको निधन

लिमा, २२ फागुन (रासस/एएफपी) संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ । उहाँका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो । दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव हुनु भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा शान्ति सम्झौताहरु गराउन महत्वपूर्ण भूमिका […]
कोरोनाका कारण ईपीएल क्रिकेट स्थगित

काठमाडौं, २२ फागुन एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । ईपीएलका प्रमुख अमिर अख्तरले ६/७ महिनादेखि ईपीएलको तयारी गरेका भएपनि खेलाडी […]
आइसोलेसन वार्डबाट भागे कोरियाबाट फर्किएका नेपाली

काठमाडौँ, २२ फागुन कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेका छन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएर बुधबार उनी भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट […]
मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

हेटौंडा, २२ फागुन मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर […]
भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

भरतपुर, २२ फागुन नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक […]
बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ जना घाइते

भरतपुर, २२ फागुन पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर […]
पेट्रोलियममा बेकारको कर

सरकारले यसअघि पनि टन्नै पैसा पेट्रोलियमबाट उठाइसकेको छ । त्यसको कहीं उपयोग गरिएको छैन । आर्थिक वर्ष २०७२/७३ बाट प्रतिलिटर ५ रुपैयाँका दरले उठाउन थालिएको रकम करिब ४१ अर्ब रुपैयाँ त्यत्तिकै बसिरहेको छ । सरकारले गरेका काम घरिघरि विवादमा परिरहेका छन् । अपरिपक्व र जनतालाई पर्ने प्रभावको मूल्यांकन नै नगरी गर्ने केही निर्णयहरुले सरकारलाई पटक–पटक […]
२०७६ फागुन २२ गते बिहीबार

‘रोगलाई निर्मुल पार्न प्राकृतिक चिकित्सा’

प्राकृतिक चकित्साले रोग प्रतिरोधी क्षमता बढाउँछ । आयुर्वेदिकले रोगसँग लड्ने क्षमता विकास गर्छ । हाम्रो शरीर प्रकृतिसँग अभिन्नरुपमा गाँसिएको छ, जडीबुटीजस्तै । त्यसैले जडीबुटीले नै हाम्रो शरीरको सुरक्षा गर्छ । भरतपुरको चौबीसकोठीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ नेट फ्रेस हस्पिटल छ । भरतपुर–गोलाघाट सडकको छेउमा रहेको यस अस्पतालमा अन्य अस्पतालभन्दा फरक ढंगबाट उपचार हुन्छ । प्राकृतिक […]
कुमाता विमोचन सोमबार

भरतपुर । आख्यानकार एवं पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’को विमोचन आगामी सोमबार हुने भएको छ । यर्थाथवादी सामाजिक विषयवस्तुकाकथाहरु समेटिएको सङग्रहलाई अक्षर समूह चितवनले विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए । सङग्रहमा १० कथा छन् । भँुडिपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको ११२ पेजको सङ्ग्रहको मूल्य दुई सय रुपैयाँराखिएको छ । कथाकार पराजुली […]
शक्ति संघर्षमा गैंडाकोटका मेयर–उपमेयर

कांग्रेस पक्षका जनप्रतिनिधिले बेलाबखत गैडाकोटका मेयरलाई अल्पमतमा पार्ने गरेका छन् । मेयर पनि उपमेयर पक्षका मागलाई वेवास्ता गर्दै हिड्ने गरेका छन् । विप्लव काफ्ले गैडाकोट । गैंडाकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिबीचको तिक्तता फेरि बढेको छ । गैंडाकोट नगरपालिकाको छैटौं नगरसभामा जनप्रतिनिधि एक अर्काको विरोधमा प्रस्तुत भए । मेयर छत्रराज पौडेलले पेश गरेका नीतिगत प्रस्तावहरुलाई ‘फेल’ गराउन […]
पर्यटक नआएपछि सौराहामा विदा

ध्रुवराज खनाल रत्ननगर । अत्यधिक मात्रामा चिनिया पर्यटक आउने पर्यटकीय गन्तव्य सौराहा हो । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले पर्यटकीय क्षेत्रमा मन्दी लागेको छ । करिब ५० प्रतिशतभन्दा बढी पर्यटक चिनबाट आउने गर्छन् । तर, कोरोना भाइरसको डरले चिनियाँलगायत अन्य पर्यटक ज्यादै न्यून मात्रामा आउन थालेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई विदा दिन सुरु […]
संक्रमण रोक्न सार्वजनिक भेला निषेध

शिव गौतम भरतपुर । नोबल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र कुनै पनि मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम नगर्न र नगराउन सूचना जारी गरेको भोलिपल्ट भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोही किसिमको सूचना प्रकाशन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै उसले महानगरपालिकाका विद्यालयलाई पनि कुनै प्रकारको कार्यक्रम नगर्न […]
कोभिड १९:विशेषज्ञ चिकित्सक नै अन्यौलमा

कोरोना सन्त्रास उनले भने, “नेपालमा कोभिड–१९ को संक्रमण खासै नभएको जस्तो देखिएपनि पत्ता लगाउन नसकेको हो कि भन्ने पनि लाग्छ । पशुपतिनाथको कृपाले केही भएको छैन भन्नुपरेको छ ।” राजेश घिमिरे भरतपुर । कोरोना भाइरस(कोभिड–१९) को चर्चा विश्वव्यापी छ । चीन, अमेरिका, जापानजस्ता विश्वकै शक्तिशाली देशलाई पनि यो भइरसले हायलकालय पारेको छ । नेपालजस्ता विकासोन्मुख […]