भरतपुर । आख्यानकार एवं पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’को विमोचन आगामी सोमबार हुने भएको छ । यर्थाथवादी सामाजिक विषयवस्तुकाकथाहरु समेटिएको सङग्रहलाई अक्षर समूह चितवनले विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए ।

सङग्रहमा १० कथा छन् । भँुडिपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको ११२ पेजको सङ्ग्रहको मूल्य दुई सय रुपैयाँराखिएको छ । कथाकार पराजुली आफ्ना कथामा सामाजिक विषयवस्तु समेटिएकोले पाठकले मन पराउने विश्वास व्यक्त गर्छन् ।




