भरतपुर, २२ फागुन
नारायणगढ–मुग्लिङ सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल भरतपुर–२९ स्थित पन्ध्रकिलोस्थित राजमार्गमा राकिराखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोकिएको थियो ।
दुर्घटनामा कावासोती–९ बस्ने ३८ वर्षीय नरबहादुर थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार ५ वर्षीय विवस थापा र २७ वर्षीय अमृत बोहोरा घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।




