पर्यटक नआएपछि सौराहामा विदा

ध्रुवराज खनाल
रत्ननगर  । अत्यधिक मात्रामा चिनिया पर्यटक आउने पर्यटकीय गन्तव्य सौराहा हो । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले पर्यटकीय क्षेत्रमा मन्दी लागेको छ । करिब ५० प्रतिशतभन्दा बढी पर्यटक चिनबाट आउने गर्छन् ।


तर, कोरोना भाइरसको डरले चिनियाँलगायत अन्य पर्यटक ज्यादै न्यून मात्रामा आउन थालेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई विदा दिन सुरु गरेका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार एक दुई दिन अघिदेखि कर्मचारीलाई विदा दिन सुरु भएको हो । आफ्नो होटलका आधा कर्मचारीलाई समेत विदा दिइएको उनले जानकारी दिए । “अन्य व्यवसायी साथीहरुले पनि आधा कर्मचारीलाई विदा दिइसके”, संघका अध्यक्ष भट्टराईले भने, “होटल कुर्नका लागि केही कर्मचारी राखिएको छ,उनीहरुलाई पनि पालैपालो विदा दिइन्छ ।”
विदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिएको छ । सौराहामा १ सय १० भन्दाबढी साना–ठूला होटल छन् । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टटराईका अनुसार सौराहा अहिले १५ प्रतिशतको हाराहारीमा मात्रै पर्यटक छन् । २०७२ सालमा गएको भूकम्प,नाकाबन्दी, नारायणगढ–मुग्लिङ सडक खण्डका कारण यहाँको व्यवसायलाई असर पर्दै आएको थियो ।

पछिल्लो समय केही गति लिन थालेको पर्यटन व्यवसायमा कोरोना भाइरसले ठूलो असर गर्ने संकेत मिलेको छ । यस्तै अवस्था रहे होटलमा ताल्चा लगाएर वस्नुपर्ने अवस्था आउने यहाँका व्यवसायीको गुनासो छ । यता रेस्टुरेन्ट एण्ड बार एशोसिएशन रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा भने रेस्टुरेन्ट व्यवसायमा खासै असर नपरेको बताउँछन् । “अहिलेसम्म पर्यटकको अवस्था सन्तोषजनक छ”, रेवान अध्यक्ष खतिवडाले भने, “आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।”
उनका अनुसार रेस्टुरेन्ट व्यवसायीहरुले अहिलेसम्म कर्मचारी विदा दिएका छैनन् ।

व्यवसाय नै वन्द गर्नुपर्ने अवस्था आएको खण्डमा व्यवसायीको ऋणमा साँवा र किस्ता एकैपटक तिर्र्ने व्यवस्था मिलाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । खतिवडाका अनुसार सौराहामा करिब ५० प्रतिशत चाइनिज, बाँकी नेपाली र अन्य मुलुकका पर्यटक सौराहा आउने गरेका छन् । सौराहामा ६० वटा भन्दा बढी रेस्टुरेन्ट छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट