बागमती प्रदेश सरकारको निर्णय ‘नो ह्याण्डसेक’

हेटौंडा, २२ फागुन
 बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको  मन्त्रिपरिषदको बैठकले विश्वव्‍यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ। नेपालीको परम्परादेखि चलिआएको चलन एवं हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को नीति अवलम्बन गर्न जनसमुदायमा आह्‍वान गर्ने निर्णय पनि गरेको हो।

बिहीबरै बसेको मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एवम् मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट