फेरि अर्को कीर्तिमान टी–ट्वान्टीमा अर्धशतक हान्ने विश्वकै कान्छो

भरतपुर, १८ माघ नेपाली क्रिकेटर सन्दीप जोरा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका हुन् । टी–ट्वान्टी सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारे पनि सन्दीपको खेल तारिफयोग्य रह्यो । विकेट गुमेर दबाबमा रहेको नेपाली टिममा उनले सम्हालिएको […]
संविधानबारे गुनासोको अर्थ छैनः प्रचण्ड

भरतपुर, १८ माघ पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानबारे गुनासाको कुनै औचित्य नरहेको बताएका छन् । पटिहानीमा नेपाल पत्रकार महासंघको महिला विभागले आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “संविधानमा धेरै सकारात्मक र प्रगतिशील कुरा राखिएका छन्, गुनासो गर्नुको औचित्य छैन ।” उनले समानता, समावेशीकरण, समानुपातिकजस्ता धेरै कुरा समेटिएकाले संविधानप्रति […]
सम्पादकीय : क्रिकेट रंगशालाको बहुआयामिक पाटो

चितवन क्रिकेटको उर्वर भूमि हो । यहाँ धेरै क्रिकेट खेलिन्छ । चासो दिने युवा बेस्सरी भेटिन्छन् । यहीं अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु पक्कै पनि उत्साहको कुरा हो । यो रंगशालाले मात्रै क्रिकेट विकास गर्ने होइन, यसको बहुआयामिक पाटो हुन्छन् । पछिल्लो चर्चा र सफलता हेर्ने हो भने नेपालको सबैभन्दा उच्च तहमा पुग्न सफल खेल क्रिकेट […]
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

भरतपुर, १८ माघ नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगत्तै संघले आन्दोलनको घोषणा गरेको हो । डा. गोविन्द केसीको जीवन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले […]
भरतपुरमा ४७ करोडका ५ आयोजना

विप्लव काफ्ले भरतपुर, १८ माघ पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगर ५ वर्षभित्रै नमूना शहरका रुपमा स्थापित हुने दावी गरेका छन् । भरतपुरमा शहरी विकास मन्त्रालयले सञ्चालन गर्न लागेका ५ आयोजनाको संयुक्तरुपमा शिलान्यास गर्दै उनले भने, “भरतपुर नमूना शहर बन्नेछ, देशभरि यो सन्देश दिनेछौँ ।” उनले महानगरलाई सभ्य र सुसंस्कृत बनाउने […]
विकास र समृिद्धको आधार नै शिक्षा ः प्रचण्ड

खैरहनी, १८ माघ पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको मूल आधार शिक्षा रहेको बताएका छन् । शिक्षाविना कुनैपनि क्षेत्रको विकास नहुने भन्दै उनले शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए । पूर्वी चितवनको खैरहनी–१, ज्यामिरेमा रहेको कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले विकास र […]
थापाका हत्यारा अझै पत्ता लागेन , प्रहरी भन्छ– ‘अभियुक्त नजिकै छौं’

राप्ती, १८ माघ चितवनको राप्ती नगरपालिका–६ की धनकुमारी थापाको हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । राप्ती–६, मुडाभारीकी ५२ वर्षीया थापाको गत सोमबार राति नचिनेका व्यक्तिले विभत्स तरिकाले हत्या गरेको थियो । घटना भएको तीन दिन बितिसक्दासमेत हत्यारा पत्ता लगाउन नसकेकोमा थापाको परिवार र स्थानीयमा आक्रोस छाएको छ । थापाका पति पूर्णबहादुर थापाले घटनामा […]
हारेपनि पार्टीको साख गिरेको छैनः महत
रत्ननगर, १८ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले कांग्रेसका कार्यकर्ता निराश हुनुपर्ने अबस्था नरहेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसले निर्वाचन हारेको भएपनि पार्टीको शाखा कायम रहेकाले निराश हुने अबस्था नरहेको स्पष्ट पारेका हुन् । उनले नेपाली कांग्रेसले मान्दै आएको लोकतान्त्रिक […]
सुकुमबासीको तथ्यांक संकलन गरिदै

रत्ननगर, १८ माघ रत्ननगर नगरपालिकाभित्र रहेका सुकुमबासीको तथ्यांक संकलनको प्रक्रिया सुरु गरिएको छ । उनीहरुको व्यवस्थापनका लागि सूचनामा आधारित तथ्यांक संकलनको काम रत्ननगर नगरपालिकाले सुरु गरेको हो । तथ्यांक संकलनमा नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र युएन ह्याविट्याटले साझेदारी गरेर काम सुरु गरेका हुन् । बिहीबार यी तीन संस्थाबीच तथ्यांक संकलनका विषयमा अन्तरक्रिया कार्यक्रम […]
२०७५ माघ १८ गते शुक्रवार
