रत्ननगर, १८ माघ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले कांग्रेसका कार्यकर्ता निराश हुनुपर्ने अबस्था नरहेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसले निर्वाचन हारेको भएपनि पार्टीको शाखा कायम रहेकाले निराश हुने अबस्था नरहेको स्पष्ट पारेका हुन् ।
उनले नेपाली कांग्रेसले मान्दै आएको लोकतान्त्रिक समाजवाद कम्युनिष्टहरुले अनुसरण गरेको बताए । कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद् सावित्री चौधरी, प्रवक्ता नीता ढकाल, महासमिति सदस्य सुशीला उपे्रती, नेपाली कांग्रेस खैरहनी नगर सभापति शशी खनियाँ, कालिका सभापति राजु श्रेष्ठ, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतमा सम्पन्न भएको थियो ।
,,,,,,,,,,,,





