नारायणी नदी किनारमा श्रद्धापूर्वक मनाइयो छठ (फोटो फिचर)

भरतपुर । आइतबार साँझ अस्ताउँदो सूर्यलाई भक्तिभावपूर्वक अर्घ्य दिँदै नारायणी नदी किनारमा छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। तराई सामुदायिक सेवा समितिको आयोजनामा सम्पन्न उक्त विशेष पूजामा व्रतालु तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो।

विसं २०४८ मा स्थापित तराई सामुदायिक सेवा समितिले विगत तीन दशकभन्दा लामो समयदेखि नारायणी किनारमा छठ पूजाको व्यवस्थापन गर्दै आएको छ। यस वर्ष पनि व्रतालुहरूको सहजताका लागि नदी किनारमा आकर्षक पण्डाल तथा पूजास्थलको व्यवस्था गरिएको थियो।

झिलिमिली बत्ती र सजावटले दुलहीझैँ सिँगारिएको नारायणी किनारमा धार्मिक अनुष्ठानसँगै विभिन्न सांस्कृतिक गतिविधिले उत्सवको रौनक अझ बढाएको थियो। दिनभरजसो चलेको नृत्य प्रस्तुति, परम्परागत पञ्चेबाजाको धुन र मेलाका कारण नदी किनार निकै उत्सवमय बनेको थियो।

चारदिने छठ पर्वको मुख्य तथा अन्तिम दिन भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि यस वर्षको छठ विधिवत् रूपमा समापन हुनेछ।

विशेषगरी तराई–मधेस समुदायमा मनाइने छठ पर्वमा पछिल्लो समय पहाडीलगायत अन्य समुदायको समेत उत्साहजनक सहभागिता बढ्दै गएको छ। सूर्य र प्रकृतिप्रतिको आस्था र कृतज्ञता व्यक्त गर्ने यस पर्वले सामाजिक सद्भाव, सांस्कृतिक सहअस्तित्व र सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ।

तस्वीर : कायाकैरन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट