मनोज विक्रम बिष्ट ‘पी.पी. प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट सम्मानित

नवलपरासी, २२ भदौ ।
जनक नमुना माध्यमिक विद्यालय, गैँडाकोटका शिक्षक मनोज विक्रम बिष्ट गण्डकी प्रदेशस्तरीय ‘पी.पी. प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभएको छ ।

पी.पी. प्रसाई फाउन्डेसनले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै बिष्टलाई ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । फाउन्डेसनले उहाँ अध्यापनरत जनक नमुना माध्यमिक विद्यालयका लागि १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री समेत प्रदान गरेको छ ।

शिक्षण पेशाप्रतिको समर्पण, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि, विद्यार्थीको सीप तथा प्रतिभा विकासमा पुर्‍याएको योगदान, अभिभावक तथा समुदायसँगको सम्बन्धलगायत विभिन्न आधारमा बिष्टलाई गण्डकी प्रदेशको उत्कृष्ट शिक्षकका रूपमा छनोट गरिएको हो ।

बिष्टले यसअघि ज्योति माध्यमिक विद्यालय, सुनवलका शिक्षक, अश्नैया आदर्शका पूर्व क्याम्पस प्रमुख तथा अरनिको माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकका रूपमा समेत शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

शिक्षण क्षेत्रमा लामो समयदेखि सक्रिय बिष्टले विद्यालय तथा विद्यार्थीको शैक्षिक विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । सम्मानले आफूलाई शिक्षण पेशामा थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बिष्टले बताउनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट