कोटिहोम महायज्ञमा एक हजारभन्दा बढी कन्याको सामूहिक पूजन हुँदै

भरतपुर, ५ असार ।
योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञअन्तर्गत शनिबार एक हजारभन्दा बढी कन्याको सामूहिक पूजन गरिने भएको छ । नौ वर्षमुनिका १,००८ कन्याको पूजन गर्ने लक्ष्य राखिएको भए पनि शुक्रबारसम्म १,३०० जनाभन्दा बढीको नाम दर्ता भइसकेको महायज्ञका मूलकर्ता तथा संयोजक प्रेमनिधि भारद्वाजले जानकारी दिएका छन् ।

उनका अनुसार शनिबार बिहान ७ः३० बजेदेखि प्राचीन वागीश्वरी माताको प्राङ्गणमा कन्या पूजन कार्यक्रम सुरु हुनेछ । यति ठूलो संख्यामा कन्याको सामूहिक पूजन हुन लागेको यो पहिलो अवसर भएको दाबी गर्दै उनले यसलाई चितवनकै विशिष्ट धार्मिक कार्यक्रमका रूपमा उल्लेख गरे ।

गत वैशाख १७ गतेदेखि सुरु भएको ६० दिने महायज्ञ असार १४ गते पूर्णाहुतिसहित सम्पन्न हुने कार्यक्रम रहेको छ । भारद्वाजका अनुसार राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार सञ्चालन भइरहेको महायज्ञमा बीजमन्त्रद्वारा सवा करोड पटक हवन भइरहेको छ । राष्ट्र शान्ति तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञमा असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने विशेष कार्यक्रमसमेत तय गरिएको छ ।

महायज्ञ सम्पन्न हुन अब नौ दिन मात्र बाँकी रहँदा दर्शनका लागि आउने भक्तजनको संख्या दिनप्रतिदिन बढ्दै गएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट