कोटिहोम महायज्ञमा एक हजारभन्दा बढी कन्याको सामूहिक पूजन हुँदै

भरतपुर, ५ असार । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञअन्तर्गत शनिबार एक हजारभन्दा बढी कन्याको सामूहिक पूजन गरिने भएको छ । नौ वर्षमुनिका १,००८ कन्याको पूजन गर्ने लक्ष्य राखिएको भए पनि शुक्रबारसम्म १,३०० जनाभन्दा बढीको नाम दर्ता भइसकेको महायज्ञका मूलकर्ता तथा संयोजक प्रेमनिधि भारद्वाजले जानकारी दिएका छन् । उनका अनुसार शनिबार बिहान ७ः३० बजेदेखि […]
कालिकामा ३६० विद्यार्थीलाई विपद् जोखिम न्यूनीकरण तालिम

चितवन, ५ असार । ७५औँ नेपाल स्काउट दिवसको अवसरमा चितवनको कालिका नगरपालिकामा विद्यार्थीहरूका लागि एकदिने वृहत् विपद् तथा जोखिम न्यूनीकरण (डीआरआर) तालिम सम्पन्न गरिएको छ । गौरवशाली क्रूका रूपमा परिचित कालिका ओपन स्काउट क्रू (केओएससी) को आयोजनामा तथा नेपाली सेनाको श्री सिंहनाथ गण (कमाण्डो), कालिका–८ को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कालिका नगरभित्रका विभिन्न विद्यालय […]
बागमती प्रदेश खेलकुद : कराँतेमा पहिलो पटक च्याम्पियन बन्दै चितवनको कीर्तिमान

चितवन, ५ असार । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेतर्फ चितवनले ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक टिम च्याम्पियन बन्न सफल भएको छ । भरतपुरस्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा चितवनले ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल ११ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो । बागमती प्रदेश खेलकुदको इतिहासमा कराँतेतर्फ चितवन टिम प्रथम […]