बाँके, २३ वैशाख ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा व्रतबन्ध कार्यक्रममा आएका युवकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, झगडाका क्रममा बियरको बोतल प्रहारबाट खजुराका २२ वर्षीय विशाल चन्द ठकुरीको मृत्यु भएको हो । त्यस्तै, २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




