व्रतबन्धमा झगडा हुँदा एक जनाको मृत्यु
बाँके, २३ वैशाख । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा व्रतबन्ध कार्यक्रममा आएका युवकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार, झगडाका क्रममा बियरको बोतल प्रहारबाट खजुराका २२ वर्षीय विशाल चन्द ठकुरीको मृत्यु भएको हो । त्यस्तै, २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन् । घटनामा संलग्न भएको […]
स्थानीय तहबाटै ९०% जग्गासम्बन्धी सेवा

काठमाडौँ, २३ वैशाख । नापी र मालपोत कार्यालयबाट हुँदै आएका करिब ९० प्रतिशत सेवा अब स्थानीय तहबाटै उपलब्ध हुने भएका छन् । जग्गा पारित, नक्सा प्रिन्ट, बैंक रोक्का–फुकुवा, अंशबन्डा, कित्ताकाटलगायत स्वामित्व हस्तान्तरणसम्बन्धी अधिकांश काम स्थानीय तहबाटै हुनेछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार २१४ स्थानीय तहले सेवा सञ्चालनमा रुचि देखाएका छन् । […]