मकवानपुर, २१ चैत ।
जिल्लाका हेटौंडा, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मनहरी–९ खरंगामा स्कार्पियो गाडी अनियन्त्रित भई खोल्सामा खस्दा चालक झलक बर्तौला र बद्री ढकाल घाइते भएका छन् । दुवैको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टिँदा चालक ध्रुव घले सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि पालुङ अस्पताल लगिएको छ ।
हेटौंडा–९ सिमेन्टरोडमा दुई ट्रक ठोक्किँदा एक जना घाइते भएका छन् भने दुवै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





