इनिशा बिकको हत्याको विरोधमा भरतपुरमा प्रदर्शन

चितवन, २८ फागुन ।

सुर्खेतमा इनिशा बिकलाई बलात्कारपछि हत्या गरिएको भन्ने घटनाको विरोधमा भरतपुरमा प्रदर्शन गरिएको छ । उक्त कार्यक्रम जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला समिति चितवन र वैज्ञानिक समाजवादी विद्यार्थी जिल्ला समिति चितवनको आयोजनामा भएको हो ।

कार्यक्रममा बोल्दै गोविन्द विश्वकर्माले छोरी–बेटीमाथि हत्या, हिंसा र बलात्कारका घटना भइरहँदा पनि सरकार पक्षबाट पर्याप्त चासो नदिएको गुनासो व्यक्त गरे ।

इनिशा बिकको यही फागुन २३ गते शनिबार बिहान सुर्खेतको जनजागरण सामुदायिक वनभित्र बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । चार जना युवकले बलात्कार गरी हत्या गरेको र तीमध्ये एक जना पक्राउ परिसकेको विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले दोषीलाई कडा सजाय दिनुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग गरेका थिए । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले “इनिशा बिकलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे”, “निर्मला पन्तलाई न्याय दे”, “म लास होइन, चुप बस्न; म जिउँदो मान्छे हुँ, त्यसैले बोल्छु” र “कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल राजीनामा दे” लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट