भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट भारी बहुमतका साथ विजयी भएका छन् । ३६ वर्षीय शाहले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९,६१४ को विशाल मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार बालेनले ६८,३४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८,७३४ मत मात्र प्राप्त गरे। यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङ ९,२३३ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
रास्वपाले चुनाव अभियानको सुरुवातदेखि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो। सुशासनुको एजेन्डा बोकेका शाहको यो जितलाई देशभर चलेको परिवर्तनको लहरको रूपमा हेरिएको छ। आफ्नै गढ मानिने क्षेत्रमा ओलीको यो पराजयले पुराना दलहरूका लागि ठूलो धक्का सावित भएको छ।






