स्वच्छ चितवन अभियान : युवाको नेतृत्वमा सरसफाई र डस्टबिन वितरण

चितवन, ३ फागुन ।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ का युवा परिचालन समिति संयोजक कृष्णबहादुर नेपाल (सुजन) को नेतृत्वमा आइतबारबाट रत्ननगरस्थित कृष्ण मन्दिर परिसरबाट सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरिएको छ । समुदायमा स्वच्छता संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, क्षेत्रीय सचिव उमेश गिरी, नेवी संघका नेता–कार्यकर्ता तथा विभिन्न तहका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरूले कृष्ण मन्दिर आसपासको क्षेत्रमा सरसफाई गर्नुका साथै सार्वजनिक स्थानमा प्रयोगका लागि १० थान डस्टबिन वितरण गरेका थिए ।

कार्यक्रमको महत्वबारे बोल्दै युवा परिचालन समिति संयोजक कृष्णबहादुर नेपाल (सुजन) ले स्वच्छ वातावरण निर्माण सामाजिक जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो,
“समाज परिवर्तनको सुरुवात सानो कामबाट हुन्छ । सरसफाई अभियानले समुदायमा सकारात्मक सन्देश दिने विश्वास लिएका छौं । युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं, र आगामी दिनमा यसलाई अझै विस्तार गर्नेछौं ।”

उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले युवाहरूको सक्रियता समाज विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नागरिकमा जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम आगामी दिनमा चितवन क्षेत्र नम्बर १ का विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट