वालिङ महोत्सवमा साहित्यिक उत्सव सम्पन्न, दुई दर्जन बढी स्रष्टाको सशक्त रचना वाचन

स्याङ्जा, २३ माघ
वालिङ उद्योग वाणिज्य सङ्घ, स्याङ्जाको आयोजनामा सञ्चालित वालिङ महोत्सवको नवौँ संस्करणअन्तर्गत साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाको संयुक्त संयोजनमा साहित्यिक उत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

वालिङ महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक एवं अग्रज साहित्यकार नीलकण्ठ लम्साल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा जिल्लामा सक्रिय सिर्जनशील स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उत्सवमा दुई दर्जनभन्दा बढी स्रष्टाले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टाहरूमा खगेन्द्रप्रसाद अर्याल, नीलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डीकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्ले, अग्निकुमार रेग्मी, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनाल रहेका थिए ।

कार्यक्रममा साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट