राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट कविको नाम सार्वजनिक

मकवानपुर, १६ पुस ।
राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली सार्वजनिक गरिएकाे छ । साहित्य संगम मकवानपुरको आयोजनामा हुने प्रतियोगिताकाे लागि मंगलबार सङ्गमले १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो ।

प्रतियोगिताका लागि १ सय ६४ वटा कविता प्राप्त भएकाे मध्ये अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता छनोट गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई प्रोत्साहन स्वरुप समान ५/५ हजार रुपैयाँ प्रदान गरिने छ ।

अन्तिम चरणमा छानिएका कविहरुले प्रतियोगितामा भाग लिने छन् । वाचनका लागि छनोट भएका कवि तथा कविताहरुमा मकवानपुरका किशन पौडेलकाे `दोहन´ र सुवास सजलकाे `मौनधारण´ रहेका छन् । यसैगरी सुनसरीका किरन सिवाकाे `मौन प्रकृति´, तनहुँका नरोत्तम श्रेष्ठकाे `विउकाे रक्तिम घोषणापत्र´, सिन्धुलीका निरुपम श्रेष्ठकाे `हरियाे विद्राेह´, कास्कीका मदन घिमिरेकाे `एक आरोहीकाे डायरी´, कैलालीका मोहित जोशी `समयकाे अन्त्यकाे किनारमा उभिएर´, काठमाडौंका यशोदा अधिकारीकाे `धर्तीकाे विघटन´, धादिङका राजु झल्लुप्रसादकाे `तर´ र लमजुङका सुरेशचन्द्र घिमिरेको `प्रकृति र जीवन´ कविता छनोट भएकाे हो ।

उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हेटौंडामा हुने संगमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनाेज पोखरेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट