कवि सामना पहाड दम्पतीको जन्मदिनमा खैरहनी माविमा पुस्तक वितरण

खैरहनी, २९ मङ्सिर ।
कवि सामना पहाड र उहाँका श्रीमान प्रेम शर्माको शुभ जन्मोत्सवका अवसरमा खैरहनी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई पुस्तक एवम् पत्रपत्रिका उपलब्ध गराइएको छ ।

कवि पहाडको आज मङ्सिर २९ र उहाँका श्रीमान शर्माको मङ्सिर २५ गते जन्मदिन हो । दुबैजनाले संयुक्तरूपमा जन्मदिन मनाउने योजना अनुरुप खैरहनी माविमा पुस्तक र पत्रपत्रिका वितरण गर्नुभएको हो ।

कक्षा ३, ४ र ५ का सबै विद्यार्थीलाई मुना मासिक बालपत्रिका र शिक्षकका लागि नेपाली साहित्यका विभिन्न कृतिहरू उपलब्ध गराइएको थियो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापक गोपाल शर्मालाई सामग्री उपलब्ध गराइएको हो । पुस्तक वितरण कार्यक्रममा नगर प्रमुख शशिकुमार खनिया, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रसाशकीय अधिकृत नेत्र पौडेल, शिक्षा निर्देशक राजु बानियाँलगायतको उपस्थिति थियो ।

कवि सामना पहाड खैरहनी नगरपालिकामा शिक्षा अधिकृत हुनुहुन्छ । जन्मदिनलाई रचनात्मक किसिमले मनाउन पठन संस्कृतिको पनि प्रबर्द्धन गर्ने उद्देश्यले विद्यार्थी र शिक्षकलाई पुस्तक उपलब्ध गराइएको उहाँले बताउनु भयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट