युवालाई श्रम र उत्पादनसँग जोड्न श्रम संस्कृति पार्टी

भरतपुर, २१ मङ्सिर ।
श्रम संस्कृति पार्टी नेपालले चितवनको नारायणी नदी किनारमा संगठन विस्तार तथा आम सभा गरेको छ ।

न्यून मानिसहरूको उपस्थितिमा गरिएको आम सभामा पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न नभइ देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताए । वैदेशिक ऋणबाट देश चलेको भन्दै उनले अब जनताको श्रमबाट देश विकास गर्नुपर्नेमा जोड दिए ।

राईले विशेष गरी भरतपुरमा निर्माण भइरहेको छ लेन सडकलाई लक्षित गर्दै `बाटो मात्र विकास होइन´ भन्दै नारायणी नदी तटबन्धलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताए ।
गाजीपुर क्षेत्रमा तटबन्ध फुट्ने जोखिम रहेको स्थानीयले दिएको जानकारी
सुनाउँदै उनले धेरै घर डुबानमा पर्ने खतरा देखिएको बताए । `छ लेनभन्दा तटबन्ध महत्त्वपूर्ण हो । धेरै जनताको बासस्थान जोखिममा छ,´ राईले भने ।

जनसभामा सम्बोधन गर्दै उनले चितवनका जनताहरू मासुभातमा नबिक्ने खालका भएको भन्दै श्रम संस्कृति पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरे । उनले पार्टीलाई बहुमत मिले पाँच वर्षभित्र देशलाई पूर्ण रूपले रूपान्तरण गर्ने दाबी गरे ।

`५ वर्षभित्र देशलाई बदल्न सकेनौं भने म देश छाडेर हिँड्छु,´ स्याम्पाङले जनसभामा प्रतिवद्धता व्यक्त गरे ।

श्रम संस्कृति पार्टी कुनै सामान्य राजनीतिक पार्टी नभई एक अभियान रहेको उल्लेख गर्दै उनले पार्टीमा कार्यकर्ता नभई श्रमदाता मात्र हुने बताए । युवालाई श्रम र उत्पादनसँग जोड्नका लागि नै श्रम संस्कृति पार्टी स्थापना भएको उनले स्पष्ट पारे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library