युवालाई श्रम र उत्पादनसँग जोड्न श्रम संस्कृति पार्टी

भरतपुर, २१ मङ्सिर । श्रम संस्कृति पार्टी नेपालले चितवनको नारायणी नदी किनारमा संगठन विस्तार तथा आम सभा गरेको छ । न्यून मानिसहरूको उपस्थितिमा गरिएको आम सभामा पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न नभइ देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताए । वैदेशिक ऋणबाट देश चलेको भन्दै उनले अब […]

हेटौंडामा सडक विस्तारको काम स्थगित

मकवानपुर, २१ मङ्सिर । हेटौंडा उपमहानगरपालिकाकाे सडक विस्तार तत्कालकाे लागि रोकिएकाे छ । सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्च अदालतबाट मङ्सिर १९ गते जारी अल्पकालीन अन्तरिम आदेश मङ्सिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सडक विस्तारको कार्य स्थगन गरिएको कार्यालय प्रमुख गुरु अधिकारी जानकारी दिए […]

पोखरा विमानस्थलमा ८ अर्ब ३६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ मङ्सिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियारले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले करिब ८ अर्ब ३७ करोड रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दामा पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी, रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र […]

बचत गर्ने बानीको विकास गराउन किसान सहकारी बाल क्लब गठन

भरतपुर, २१ मङ्सिर । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड सप्तरंगी सेवाकेन्द्र भरतपुर – १० को संयोजनमा चित्रसेन राष्ट्रिय आधारभूत विद्यालयमा बाल क्लब गठन गरिएको छ । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड उज्ज्वल भविष्य बाल क्लब चित्रसेन राष्ट्रिय आधारभूत विद्यालय दीपेन्द्रनगर -१० चितवन नाम दिएको उक्त बाल क्लबमा २० जनाको कार्यसमिति बनाईएको […]