भरतपुर, २१ मङ्सिर ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड सप्तरंगी सेवाकेन्द्र भरतपुर – १० को संयोजनमा चित्रसेन राष्ट्रिय आधारभूत विद्यालयमा बाल क्लब गठन गरिएको छ । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड उज्ज्वल भविष्य बाल क्लब चित्रसेन राष्ट्रिय आधारभूत विद्यालय दीपेन्द्रनगर -१० चितवन नाम दिएको उक्त बाल क्लबमा २० जनाको कार्यसमिति बनाईएको छ ।
खासगरी बचत गर्ने बानीको विकास र सहकारी सम्बन्धी अभिमूखिकरण होस् भन्ने हेतुका साथ बाल क्लब गठन गरिएको हो । उक्त गठन प्रक्रियामा सप्तरंगी सेवाकेन्द्र भरतपुर – १० का सहसंयोजक चूडामणि तिमिल्सिना, सदस्य किसान पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर केसी, विद्यालयका प्राचार्य प्रेमराज गौरी, शिक्षक विश्वेश्वर रेग्मी, इन्चार्ज तेजेन्द्र राना र ऋण सहायक सरिता पौडेल खकुरालको उपस्थिति रहेको थियो ।





