हेटौंडामा सडक विस्तारको काम स्थगित

मकवानपुर, २१ मङ्सिर ।
हेटौंडा उपमहानगरपालिकाकाे सडक विस्तार तत्कालकाे लागि रोकिएकाे छ । सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्च अदालतबाट मङ्सिर १९ गते जारी अल्पकालीन अन्तरिम आदेश मङ्सिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै सडक विस्तारको कार्य स्थगन गरिएको कार्यालय प्रमुख गुरु अधिकारी जानकारी दिए । कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सर्वोच्चको आदेशको सम्मान गर्दै हाललाई सडक विस्तारकाे काम रोकिएको छ । उक्त आदेशमा छलफलकाे लागि मङ्सिर २६ गते सर्वोच्चले बाेलाएकाे छ ।

डिभिजन सडकले मङ्सिर ५ गते १५ दिने सूचना जारी गरी पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथकाे सडक केन्द्रदेखि २५/२५ गजभित्र बनेकाे घर तथा संरचना हटाउन भनेकाे थियाे । उक्त सूचना अनु्सारकाे समय सिमा शुक्रबार सकिएपछि शनिवार हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो । उक्त अभियान अन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार ५०० बढी घर तथा संरचना भत्किएको थियो ।

हेटौंडाकाे सडक सीमाकेन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घर टहरा भत्काएको हो । शनिबार हेटौंडा १५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्धचोक, राप्ती रोड, पिपल बोट तथा चौकीटोल ओरालोसम्मका संरचनाहरु भत्काइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट