होटलको छतबाट खसेर एक जनाको मृत्यु

चितवन, १८ मङ्सिर ।
रत्ननगर नगरपालिका–६ स्थित एक हाेटलकाे छतबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।

पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको चितवन प्रहरीले जनाएकाे छ । छतबाट खस्दा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुलहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट