४१ वर्ष पुरानो नारायणी पुल जीर्ण, नयाँ पुल निर्माण कार्य सुरु

चितवन, १८ मङ्सिर । नारायणी नदीमा नारायणगढ र गैंडाकोटलाई जोड्ने ४१ वर्ष पुरानो नारायणी पुल अहिले जीर्ण हुँदै गएको छ । २०३८ सालमा निर्माण भएको यस पुलले हालसम्म दुई जिल्लाबीचको यातायातको मुख्य माध्यमको रूपमा सेवा गर्दै आएको छ । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै अहिले नारायणी नदीमा यसको विकल्पका रूपमा नयाँ सिग्नेचर पुल निर्माणको काम धमाधम भइरहेको […]

श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ’ आयोजना

भरतपुर, १८ मङ्सिर । श्रुति सङ्गीत पाठशालाले गजल मञ्च चितवनसँग सहकार्य गर्दै स्वरसम्राट नारायणगोपालको ३५औँ पुण्यतिथिको अवसरमा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ आयोजना गर्ने भएको छ । पाठशालाले यही मंसिर २० गते शनिबार साँझ भरतपुर–४ स्थित वैदिकनगरको स्वाद सदनमा कार्यक्रम गर्न लागेको हो । पाठशालाका सञ्चालक तथा सङ्गीत प्रशिक्षक चन्द्र घलेका अनुसार उक्त साँझ नारायणगोपालसँगै नेपाली गीत–सङ्गीत […]

होटलको छतबाट खसेर एक जनाको मृत्यु

चितवन, १८ मङ्सिर । रत्ननगर नगरपालिका–६ स्थित एक हाेटलकाे छतबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ । पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको चितवन प्रहरीले जनाएकाे छ । छतबाट खस्दा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुलहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार […]