जेनजी आन्दोलनमा क्षति पुगेर बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालन

नवलपरासी, ३ मङ्सिर ।
गैँडाकोट नगरपालिका–१ स्थित मौलाकाली केबलकार दुई महिनापछि पुनः सञ्चालनको तयारीमा छ । भदौ २४ मा जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले तल्लो स्टेशनमा क्षति पुगेपछि केबलकार सेवा बन्द भएको थियो ।

केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ प्राविधिक परीक्षण सफल भएको छ । अब केही दिन थप परीक्षण गरी कुनै समस्या नदेखिए सर्वसाधारणका लागि केबलकार पुनः खुला गरिने पौडेलले बताए । क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान कम्पनी अष्ट्रियाबाट आएको विशेष प्राविधिक टोलीले एक सातासम्म निरीक्षण गरेको थियो ।

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार आगजनी र तोडफोडका कारण संरचना र उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ ।

केबलकार बन्द भएपछि मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्या समेत कम भएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

केबलकार पुनः संचालनमा आएसँगै मन्दिर दर्शनार्थी तथा प्राकृतिक दृश्यावलोकनका पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट