देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

चितवन, ३ मङ्सिर । शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर – ६ […]

बाला चतुर्दशीका दिन देवघाटधाममा भक्तजनको भीड

देवघाटधाम, ३ मङ्सिर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा बाला चतुर्दशीको अवसरमा बुधबार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझदेखि नै दिवंगत पितृहरूको शान्तिको कामना गर्न स्नान, दियो सेलाउने र शतबीज छर्ने क्रममा भक्तजनहरूको आवत–जावत बढेको हो । कालीगण्डकी, त्रिशूलीनदीको संगमस्थल रहेको देवघाटमा बिहानैदेखि नै भीड बढेको र सुरक्षा व्यवस्था कडा […]

सकियो नारायणी किनारमा आयोजित खेलकुद तथा व्यापारिक महोत्सव 

चितवन, ३ मङ्सिर । चितवनको नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत व्यापारिक महोत्सव सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव मंगलबार सम्पन्न भएको हो । महोत्सवको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले समापन गरेकी हुन् । सो क्रममा मेयर दाहालले बिगतमा हुने गरेका मेला महोत्सवलाई यसले माथ […]

जेनजी आन्दोलनमा क्षति पुगेर बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालन

नवलपरासी, ३ मङ्सिर । गैँडाकोट नगरपालिका–१ स्थित मौलाकाली केबलकार दुई महिनापछि पुनः सञ्चालनको तयारीमा छ । भदौ २४ मा जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले तल्लो स्टेशनमा क्षति पुगेपछि केबलकार सेवा बन्द भएको थियो । केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ प्राविधिक परीक्षण सफल भएको छ । अब केही दिन थप […]