मुग्लिङमा अलपत्र व्यक्तिहरूलाई नि:शुल्क स्यानिटरी प्याड र औषधि वितरण

चितवन, ८ असोज ।
लियो जिल्ला परिषद् ३२५ आर अन्तर्गत रिजन ५ का क्लबहरूको संयुक्त आयोजनामा मुग्लिङको जाममा अलपत्र परेका व्यक्तिहरूलाई लक्षित गर्दै नि:शुल्क स्यानिटरी प्याड र औषधि वितरण गरिएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन आपतकालीन सेवा (IRT, ERT) का संयोजक अंकित गौतमले सामग्री उपलब्ध गराई सहजीकरण गरेका थिए ।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष लियो विज्ञान पौडेल, रिजन ५ का रिजन संयोजक मनिष पौडेललगायतको उपस्थिति रहेको थियो । त्यस्तै, लियो क्लब अफ नारायणगढ चित्रवन, लियो क्लब अफ भरतपुर युथ, लियो क्लब अफ चितवन प्रोफेसनल्स, चितवन ग्रीन लियो क्लब, लियो क्लब अफ गीतानगर, लियो क्लब अफ वैदिकनगर लगायतका क्लबहरूको सक्रिय सहभागिता रहेको थियो ।

आयोजकहरूले कार्यक्रममा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library